नेपालका यी चार ‘ए’ डिभिजन क्लबले पाए एएफसीको क्लब लाइसेन्स

फुटबल

काठमाडौं : ‘ए’ डिभिजनका ४ क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को ‘फस्ट इन्सट्यान्ट बडी’ले ४ क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको हो।

एन्फाका अनुसार पछिल्लोपटक मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र एपिएफ फुटबल क्लबले लाइसेन्स प्राप्त गरेका छन्। लाइसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पानेछन्।

एएफसीले सन् २०१४ देखि क्लब लाइसेन्सिङ लागू गर्न एन्फालाई दबाब दिँदै आएको थियो। झण्डै ६ वर्षको अन्तरमा नेपालमा पहिलोपटक आर्मी क्लबले मात्र एएफसीको क्लब लाइसेन्स पाउन सकेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1