साफ यू-१९ महिला च्याम्पियनसिप डिसेम्बरमा बंगलादेशमा हुने

फुटबल

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसीप डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयाेजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघका अनुसार च्याम्पियनसिपमा पाँच टिमले सहभागिता जनाउनेछन् ।

आयोजक बंगालदेशसँगै नेपाल, भुटान, भारत र श्रीलंकाले च्याम्पियनसिपमा सिंगल राउण्ड ,राेविनका आधारमा प्रतिस्पर्धामा गर्नेछन् । सबै खेल विर शेरेस्थ शहिद सिपाही मोसतफा कमाल स्टेडियम ढाकामा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल आयोजक बंगालदेशविरुद्ध डिसेम्बर ११ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध नाेभेम्बर १५ मा, तेस्रो खेलमा भुटानविरुद्ध नाेभेम्बर १७ मा र चौथो खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्ने तालिका छ । राउन्ड रोविनपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेलडिसेम्बर २२ मा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0