भारत टी-२० बिश्वकपको समिफाईनलमा पुग्ने झिनो आशा कायमै

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं, कात्तिक २० । युएईमा जारी सातौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा भारतले स्कटल्याण्डविरूद्ध सानदार जित निकालेको छ। स्कटल्याण्डले दिएको ८६ रनको चुनौती भारतले मात्र ६.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो।

भारतलाई जीत दिलाउने क्रममा केएल राहुलले ५० र रोहित शर्माले ३० रन जोडे । स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट हात पारे । यसअघि, ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन बनाउन सक्यो ।

स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे । भारतका मोहम्मद सामी र रविन्द्र जडेजाले समान तीन–तीन विकेट हात पारे । जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए ।

जितसँगै भारत तेस्रो स्थानमा उक्लिएको छ। भारतको ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंक बनाएको छ। भारतले अन्तिम खेलमा नामिबियालाई विशाल अन्तरले हराउनु पर्छ। यो खेल सोमबार हुनेछ। तर, न्युजिल्यान्ड अफगानिस्तानसँग पराजित भएको खण्डमा मात्र भारत सेमिफाइनलमा पुग्न सक्छ। यी दुईको अन्तिम खेलमा आइतबार रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0