प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सीटी खेल्दै, कसले जित्ला खेल ?

फुटबल

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सीटीबीच प्रतिस्पर्धा हुने भएको छ । लिगको तेस्रो स्थानमा रहेको सिटी र पाँचौं स्थानमा रहेको युनाइटेडबीच खेल हुने भएको हो । खेल नेपाली समय अनुसार ६:१५ बजेबाट सुरु हुनेछ । आजको खेल निकै प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ ।

लिगमा राम्रो गर्न नसकेको भन्दै आलोचना खेपिरहेका युनाइटेडका प्रशिक्षक ओले गुनरका लागि पनि यो खेल महत्वपूर्ण रहेको छ । यसअघि युनाइटेड लिभरपुलसँग पाँच शुन्यले हारेको थियो । प्रशिक्षक ओले गुनरले सीटीबिरुद्ध यो पटक सोही अनुसारको रणनीति बनाएर प्रदर्शन गर्ने प्रतिकृया दिएका छन् । तर आजको खेलमा युनाइटेडका ३ स्टार खेलाडी विविध कारणले मैदानमा हुने छैनन् ।

उता म्यान्चेस्टर सीटी पनि खेलको नतिजा सकारात्मक हुने आशामा छ । तर उसले पनि आजको खेलमा महत्वपूर्ण खेलाडिहरुलाई मिस गर्नेछ । किनकी सीटीका लार्पोटेपले रातो कार्ड खाएकाले मैदान बाहिर हुनेछन् ।

यस्तै अर्का डिफेन्डर केली वाल्केरपनि आजको खेलमा हुनेछैनन् । पछिल्ला चार खेलमा सीटीले युनाइटेडबिरुद्ध जित निकाल्न सकेको छैन् ।
तीन खेलमा उसले जित निकालेको छ भने एक खेल बराबरीमा टुङ्गिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0