रोनाल्डोको चलेन जादु ! आफ्नै घरमा सिटीसँग म्यानचेस्टर युनाइटेडको हार

फुटबल

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा सहजै हराउँदै म्यानचेस्टर सिटीले युनाइटेडका म्यानेजर ओली गनर सोल्कसायरमाथि पुन: दबाब सिर्जना गरेको छ । शनिबार बेलुका सम्पन्न खेलमा सिटीले युनाइटेडलाई उसकै मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सिटीले सातौँ मिनेटमा बेलीको आत्मघाती गोलबाट अग्रता लिएको थियो । जाओ कान्सेलोको क्रसलाई क्लियर गर्ने क्रममा बेलीले आफ्नै पोस्टमा गोल हानेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा कान्सेलोकै क्रसमा सिल्भाले अर्को गोल थपेपछि सिटीले अग्रता दोब्बर बनाएको थियो । त्यही दुई गोल सिटीलाई जिताउन पर्याप्त बन्यो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन। युनाइटेडले गोल गर्ने राम्रा मौका बनाए पनि सफल हुन सकेन। युनाइटेडले विपक्षीको पोस्टमा एक मात्र प्रहार भनेको क्रिस्टियानो रोनाल्डोको एक मात्र भली थियो ।

जितसँगै सिटी ११ खेलबाट २३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट १७ अंक जोडेको युनाइटेड तालिकाको पाँचौ स्थानमा छ। शीर्षस्थानमा रहेको चेल्सीले १० खेलबाट २५ अंक जोडेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0