नेइमारले दुई र एम्बाप्पेल १ गोल गरेपछि पिएसजीको शानदार जित

फुटबल

काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित हात पारेको छ। गएराती सम्पन्न खेलमा पिएसजीले घरेलु टोली बोर्डेक्सलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

स्टार खेलाडीले भरिएको पीएसजीलाई जिताउन नेइमारले दुई तथा केलिएन एम्बाप्पेले १ गोल गरे। पीएसजी लियोनल मेस्सी बिना नै मैदान उत्रिएको थियो। उनी घुँडाको चोटबाट मैदानबाहिर रहेका छन्। खेलको २६ औं मिनेटमा नेइमारले गोल गर्दै पीएसजीलाई सुरूआती अग्रता दिलाए। केलियन एम्बाप्पेको पासमा नेयमारले गोल गरेका थिए।

पहिलो हाफको अन्तिमतिर एम्बाप्पेकै पासमा नेयमारले दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। खेलको ६३औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ३–० को स्थितिमा पुर्याएका थिए। पहिलो हाफमा २-० ले अग्रता लिएको पिएसजीले दोस्रो हाफको ६३ औं मिनेटमा तेस्रो गोल थप्यो। उसका लागि एम्बाप्पेले गोल गरे।

खेलको ७८ औं मिनेटमा अल्बर्थ इलिसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए। निर्धारित समय सकिएपछिको थप समयमा नियाङले गोल गरे। तर बराबरीका लागि पर्याप्त भएन। पीएसजीले ३-२ गोलअन्तरले खेल जित्यो। जितसँगै १३ खेलबाट ३४ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायमै रहँदा समान खेलमा बोर्डो १२ अंकसहित १६औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0