३ गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो बार्सिलोना

फुटबल

काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति सम्पन्न खेलमा तीन शून्यको अग्रता लिए पनि अन्तिम समयमा सम्हालिन नसक्दा बार्सिलोना सेल्टा भिगोसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछिको खेलमा बार्सिलोनाले पाँचौं मिनेटमा नै अग्रता लिएको थियो। अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गरेका थिए। उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए। खेलको १८ औं मिनेटमा सर्जियो बुस्केट्सले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे। उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए।

३४औं मिनेटमा मेम्फिस डिपाएले अर्को गोल थपेपछि बार्सिलोनाले पहिलो हाफमा तीन शून्यको अग्रता लिएको थियो । क्याटलान क्लबले उक्त अग्रता जोगाउन सकेन । दोस्रो हाफमा घरेलु टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो। ३ गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै महत्वपूर्ण अंक खोस्न सफल भयो।

इयागो आसपासले ५२औं मिनेटमा सेल्ट भिगोका लागि पहिलो गोल गरे । ७४औं मिनेटमा डिएगो नोलिटोले हेडरमार्फत् गोल गर्दै खेललाई ३-२ को अवस्थामा ल्याए । थप गरिएको समयमा आसपासले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरकाे नतिजा दिए।

यो नतिजासँगै लिगको पछिल्ला ४ खेलमा जित दर्ता गर्न सकेको बार्सिलोना १२ खेलमा १७ अंक जोड्दै नवौं स्थानमा रहँदा सेल्ट भिगो १३ खेलमा १२ अंकका साथ १५ औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0