न्युजिल्यान्ड टी–२० विश्व कपको, भारत समूह चरणबाटै बाहिरियो

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : न्युजिल्यान्ड आईसीसी टी२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ। न्युजिल्यान्ड सेमिफाइनलमा पुगेसँगै भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका छन्।

यूएईको आबुधाबीमा अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । उसका लागि मार्टिन गुप्टिलले २८ र ड्यारेल मिचेलले १७ रन बनाए । केन विलियम्सनले ४० र डेवन कनवेले नटआउट ३६ रन बनाए । बलिङमा राशिद खान र मुजीबउर रहमानले एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो । अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे।

आजको न्युजिल्यान्डकाे जितसँगै भारत पनि सेमिफाइनल नपुगी बाहिरिएको छ । यदि आज अफगानिस्तानले जितेको भए अफगानिस्तान, भारत र न्युजिल्यान्ड तीन वटै टोलीको सम्भावना रहने थियो । विश्व कपको सेमिफाइनलमा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान र न्युजिल्यान्ड पुगेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0