रोमासँग पराजित भएपनि म्यानचेस्टर युनाईटेड युरोपा लिगको फाइनलमा (भिडियो हेनुहोस)

फुटबल भिडियो

काठमाण्डाै : इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा ८-५ गोलले पछि पार्दै फाइनलमा फाइनलमा पुगेको हो ।

दोस्रो लेगमा रोमालाई जित दिलाउन इडेन डेज्को ५७ र ब्रायन क्रिस्टान्टेले ६० मिनेटमा एक एक गोल गरे । म्यानचेस्टरका लागि दुवै गोल काभानीले गरे। उनले खेलको ३९ र ६८ मिनेटमा गोल गरे। तर म्यानचेस्टरका टेलेसले ८३ मिनेटमा आत्मघाती गोल गर्दा रोमालाई फाइदा पुग्यो।

अब युनाईटेडले फाइनलमा स्पेनिस क्लब भिल्ला रियलसँग मे २७ तारिखमा खेल्नेछ । भिल्ला रियलले आर्सनललाई समग्रमा २–१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ ।

Ativador Windows 8, 8.1

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0