भारतीय खेलाडी शेम मार्टन र नेपाली यू-२३ टिमका कप्तान अर्पण कार्की च्यासलमा आबद्ध

फुटबल

काठमाडौं : आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल युथ क्लबले सोमबार दुई खेलाडीसँग सम्झौता गरेको छ। तेस्रो पटक ए डिभिजन लिग खेल्न लागेको च्यासलले कात्तिक २९ गतदेखि सुरू हुने लिगका लागि नेपाली राष्ट्रिय यू-२३ टिमका कप्तान तथा गोलरक्षक अर्पण कार्की र साफ कोटामा भारतीय खेलाडी शेम मार्टनसँग सम्झौता गरेको हो।

अर्पण नेपालको उमेर समूहमा सफल कप्तान मध्येका एक हुन्। नेपालले २०१७ मा भुटानमा भएको यु-१८ साफको उपाधि उचल्दा उनी टिमको कप्तान थिए। उनी नेपालमा २०१९ मा भएको दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता पनि हुन्।

यस्तै उनीसँग माल्दिभ्सको जेजे स्पोर्ट्स र भुटानको पारो एफसीबाट त्यहाँको लिग खेलेको अनुभव छ। उनले नेपाल पुलिस क्लबबाट घरेलु लिग खेलेका छन्। भारतको पहिलो डिभिजनको आइ-लिग च्याम्पियन रहेका मार्टनलाई च्यासलले चेन्नई सिटी फुटबल क्लबबाट भित्र्याएको हो।

२६ वर्षीय मार्टनसँग एएफसी कपको अनुभव रहेको छ। यसअघि च्यासलले लिगका लागि इटालीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका नेपाली मूलका खेलाडी विकास मेराग्लियालाई भित्र्याएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Tagged