केन्या राष्ट्रिय टोलीका पिष्टोन मुटाम्बा हिमालयन शेर्पामा अनुबन्ध

फुटबल

काठमाडौं । हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि केन्याका राष्ट्रिय खेलाडी पिष्टोन मुटाम्बालाई अनुबन्ध गरेको छ । २३ वर्षीय फरवार्ड मुटाम्बा पहिलोपटक नेपाली घरेलु प्रतियोगिता खेल्न आएका हुन् । उनले केन्याको राष्ट्रिय टोलीबाट सात खेल खेलिसकेका छन् ।

त्यस्तै, हिमालयन शेर्पाले भारतका मोइनुद्धिन खानलाई पनि अनुबन्ध गरेको छ । हिमालयन शेर्पाले खानलाई साफको कोटामा अनुबन्ध गरेको हो । त्यस्तै, जापानको रियो नाकामुरा र क्यामरुन ओलिच सेभि (राम्जी)लाई पनि अनुबन्ध गरेको क्लबका व्यवस्थापक विजेन्द्र पुणासैनीले बताए ।

उनका अनुसार मोइनुद्धिनले भारतको यू–१९ टोलीबाट खेलिसकेका छन् । उनले भारतको शीर्ष डिभिजन आई लिगमा मिनर्भ पञ्जाबबाट खेलिसकेका छन् । हिमालयन शेर्पाले लिगको पहिलो खेल संकटा क्लबविरुद्ध खेल्नेछ । दोस्रो खेल मनाङ–मर्स्याङ्दीविरुद्ध खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0