रोहित शर्मा बने नयाँ भारतिय कप्तान, कोहली टिम बाहिर

क्रिकेट

एजेन्सी : अर्को सातादेखि न्युजिल्यान्डसँग हुने तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतले १६ सदस्य टोलीको घोषणा गरेको छ । टोलीमा केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

आइसीसी टी-२० विश्वकप क्रिकेटपछि कप्तानबाट हट्ने घोषणा गरेका विराट कोहलीलाई न्यूजिल्यान्डविरुद्धको भ्रमणका लागि घोषणा गरेको टोलीमा समावेश गरिएको छैन । कोहलीसँगै टी २० विश्वकपमा रहेका मोहम्मद शामी, रविन्द्र जडेजा र जस्प्रित बुमराह टोलीमा परेनन्।

आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका वेंकटेश अय्यर, आवेश खान र हर्षल पटेलले टिममा स्थान बनाएका छन् । त्यस्तै श्रेयस अ‍ैयर, मोहम्मद सिराज र युज्वेन्दर चाहलले भने टोलीमा पुनरागमन गरेका छन् ।

न्युजिल्यान्डसँग टि–२० सिरिजको पहिलो खेल नोभेम्बर १७ मा जयपुर र दोस्रो खेल नोभेम्बर १९ मा राँची र तेस्रो तथा अन्तिम खेल नोभेम्बर २१ मा कोलकतामा हुनेछ ।

यस्तो छ भारतीय टोली : रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस ऐर, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), वेंकटेश ऐर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दीपक चारह, हर्षल पटेल र मोहम्मद शिराज ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0