लियोनल मेसी अर्जेन्टिनाको लागि खेल्न गएपछि पिएसजी आक्रोशित

फुटबल

काठमाडौं : अर्जेन्टिननाले लियोनल मेसीको कप्तानीमा विश्वकप छनौट अन्तर्गतको उरुग्वे र ब्राजिलविरुद्धको खेलका लागि टोली घोषणा गरेको छ। राष्ट्रिय टोलीबाट खेल्न मेसी स्वदेश पुगिसकेका छन्। उपचारका लागि म्याड्रिड आएको बेला उनी स्वदेश पुगेका हुन्।

चोटग्रस्त खेलाडीलाई टोलीमा बोलाइएको भन्दै पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दाेले गुनासो पोखेका छन्। लियोनार्दोले भनेका छन्- ‘ हामीले इन्जुरी ठिक हुने प्रक्रियामा रहेको र क्लबको खेल खेल्न नसकेका खेलाडीलाई देशको लागि खेल्ने कुरामा सहमति जनाउन सक्दैनौं ।’ लियोनार्दोले फिफालाई यस विषयमा स्पष्ट गर्न समेत आग्रह गरेका छन् ।

जो हाम्रा लागि खेल्न फिट थिएनन् र निको हुने प्रक्रियामा थिए। उनले कसरी राष्ट्रिय टोलीबाट खेल्न सक्छन् भन्दै खेल निर्देशक लियोनार्दोले आफ्नो खेलाडी पूर्ण फिट नभएको जिकिर गरे। यसै सिजन बार्सिलोनाबाट पीएसजीमा आवद्ध मेस्सीले फ्रान्सको घरेलु लिगमा अझै गोल गर्न सकेका छैनन्। च्याम्पियन्स लिगमा भने उनले पीएसजीका लागि तीन गोल गरिसकेका छन्।

अर्जेन्टिनाले नोभेम्बर १३ तारिखमा उरुग्वे र नोभेम्बर १७ तारिखमा ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ। ११ खेलबाट ३१ अंक भएको ब्राजिल १० टोली सहभागी विश्वकपको लागि भइरहेको दक्षिण अमेरिकी महादेशको छनोटमा शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। १२ खेलबाट १७ अंक भएको इक्वेडर तेस्रोमा छ। दक्षिण अमेरिकाबाट कम्तिमा ४ र बढीमा पाँच टोलीले विश्वकप खेल्छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0