विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दै, यस्तो छ दुवै टिमको सम्भावित–११

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज (बुधबार) इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । खेल अबुधाबीमा नेपाली समयअनुसार राति पौने आठ बजे अबुधावीमा हुनेछ।

इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल प्रवेशगरेका हुन्। इङ्ल्याण्ड न्युजिल्याण्ड दुवैले जारी प्रतियोगितामा ५ खेल खेलेको ४ मा जित र १ मा हार ब्यहोरेका छन्।

समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया, वेष्ट इंडीज, श्रीलंका र बंगलादेशलाई हराएको थियो । उता न्युजिल्याण्ड आफ्नो समुहमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तुलनात्मकरुपमा कमजोर मानिएको यो समुहमा न्युजिल्याण्डले पाकिस्तानसँग हार वेहोर्दा भारत, अफ्गानिस्तान, नामिबिया र स्कटल्याण्डलाई हराएको थियो ।

इंग्ल्याण्डको सम्भावित-११ : जोस बटलर (विकेटकीपर), जोनि बेयरिस्टो, डेविड मलान, इयोन मोर्गन (कप्तान), लियाम लिभिङस्टोन, मोइन अली, साम बिलिङ्स/डेविड विली, क्रिस वोक्स, क्रिस जोर्डन, आदिल राशिद र मार्क वुड ।

न्यूजिल्याण्डको सम्भावित-११ : मार्टिन गुप्टिल, डेरिल मिचेल, केन विलियम्सन (कप्तान), डेभन कन्वे (विकेटकीपर), ग्लेन फिलिप्स, जेम्स निशाम, मिचेल सान्टनर, एडम मिल्ने, टिम साउथी, इश सोधी र ट्रेन्ट बोल्ट ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0