विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाकिस्तान र अस्ट्रेलिया भिड्दै

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज पाकिस्तान र अस्ट्रेलियाबीच दोस्रो सेमिफाइनल खेल हुदै छ । खेल नेपाली समयअनुसार राति पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

पाकिस्तानले सुपर १२ बाट समूह ‘२’ को विजेता तथा अस्ट्रेलियाले समूह ‘१’को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । यी दुई टोलीबीचको विजेताले विश्वकपको उपाधिका लागि न्यूजिल्याण्डको सामना गर्नेछ। गएराति भएको खेलमा न्यूजिल्याण्डले इङ्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

आइसीसीको टी-२० वरियतामा अहिले पाकिस्तान दोस्रो स्थानमा छ भने अस्ट्रेलिया छैटौं स्थानमा रहेको छ । पाकिस्तानले यसअघि २००९ मा टी-२० विश्वकपको उपाधि जितेको थियो भने अस्ट्रेलियाले अहिलेसम्म टी-२० विश्वकपको उपाधि जित्न सकेको छैन । अस्ट्रेलिया २०१० को फाइनलमा ईङल्याण्डसँग पराजित भएर उपविजेता बनेको थियो ।

समग्रमा हेर्दा पाकिस्तानले यस विश्वकपमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न चाहन्छ भने अस्ट्रेलियाले अहिलेसम्म टी-२० विश्वकप नजितेको रेकर्डलाई यस पटक मेटाउने उद्धेश्यले यो खेल खेल्ने छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
0