पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० बिश्वकपको फाइनलमा

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टि-२० बिश्वकपको फाईनलमा प्रबेश गरेको छ । बिहीबार दुबईमा भएको रोमाञ्चक खेलमा अष्ट्रेलिलाई पाँच विकेले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १७७ रनको लक्ष्यलाई अस्ट्रेलिया ६ बल बाकी रहदै भेटायो । अष्ट्रेलियाको जितमा वेडले नटआउट १७ बलमा ४१ रन बनाए भने मार्सक स्टोइनिसले ४० रन बनाए । डेबिड वार्नरले ४९ रन बनाएका थिए ।

पाकिस्तानका शाहब खानले ४ तथा शाहिन साह अफ्रिदीले १ विकेट लिए। यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा मात्र विकेट ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवानले ६७, फाखर जमानले अविजित ५५ र बाबर आजमले ३९ रन जोडे।

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ४ ओभर ३८ रन खर्चेर २ विकेट लिए। प्याट कमिन्स र स्पिनर एडम जाम्पाले समान १ विकेट लिए।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0