विश्वकप छनोटमा आयरल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल

फुटबल

एजेन्सी । फिफा विश्वकप छनोट खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । बिहीबार राति घरेलु टोली आयरल्याण्डसँग १० खेलाडीमा समेटिएको पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोलको अवसर सिर्जना गरेपनि गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । पोर्चुगल अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो। डिफेन्डर पेपे दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि पोर्चुगल अन्तिम ९ मिनेट १० खेलाडीमा सिमित बनेको हो।

बराबरीसँगै आयरल्याण्डको विश्वकप यात्रा टुङ्गिएको छ। समूह एमा पोर्चुगल र सर्बियाको समान १७ अंक छ। यो बराबरीपछि पोर्चुगलले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । छनोटको पहिलो खेलमा पोर्चुगलले आयरल्याण्डलाई २–१ ले हराएको थियो। पोर्चुगलले अब आईतबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । समूह एमा पोर्चुगल र सर्बियाको समान १७ अंक छ । छनोटमा दुवै टिमले मात्र एक खेल बाँकी रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0