फिफा विश्वकप २०२२ का लागि छनोट हुने तेस्रो टिम बन्यो ब्राजिल

फुटबल

काठमाडौं : विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु टोली ब्राजिलले कोलम्बियामाथि १–० को कठिन जित हात पारेको छ ।

शुक्रबार ब्राजिलको जितमा लुकास पाक्युटाले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ७२ मिनेटमा गोल गरेका थिए। जितसँगै ब्राजिलले ६ खेल बाँकी रहदै विश्वकपमा स्थान पक्का गर्न सफल भयो।

दक्षिण अमेरिकन छनोटमा ब्राजिल १२ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अर्जेन्टिनाको ११ खेलबाट २५ अंक छ। ब्राजिलले छनोटमा ६ खेल बाँकी रहदै विश्वकपमा स्थान पक्का गरेको हो।

छनोट अन्तर्गतकै अन्य खेलमा चिलीले पारग्वे तथा इक्वेडरले भेनेजुएलामाथि समान १–० को जित हात पारे ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0