लिचेस्टाइनको पोस्टमा जर्मनीले गर्‍यो गोलको बर्षा

फुटबल

काठमाडौं : एजेन्सी । फिफा विश्वकप छनोट खेलमा जर्मनीले सानदार जित निकालेको छ । यसअघि नै विश्वकपमा छनोट भइसकेको जर्मनीले १० खेलाडीमा समेटिएको लिचेस्टाइनलाई ९–० गोल अन्तरले जित हात पारेको हो।

जर्मनीलाई सानदार जित दिलाउनको लागि लिरोए साने र थोमस मुलरले समान दुई-दुई गोल गरे भने इल्केए गुन्डोगान, मार्को रिउस र रिड्ले बाकुले समान एक-एक गोल गरे । दुई गोल उपहार पाएको थियो ।

यो जितपछि समूह ‘जे’ को शीर्षस्थानमा रहेको जर्मनीले ९ खेलबाट २४ अंक जोड्दा पराजित लिचेस्टाइन १ अंकका साथ पुछारमा छ । यही समूहको अर्काे खेलमा नर्थ म्यासेडोनियाले आर्मेनियालाई ५–० ले पराजित गरेको छ ।

छनोट अन्तर्गत बिहीबार नै भएका अन्य खेलमा रोमानिया र आइसल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0