राफेल नडाल र नाओमी ओसाकालाई ‘लाउरेउस’ अवार्ड

टेनिस समाचार

एजेन्सी । स्पेनिस टेनिस खेलाडी राफेल नडाल र जापानिज खेलाडी नाओमी ओसाकाले ‘लाउरेउस’ स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् ।

पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बन्दै नाडालले ‘वल्ड स्पोर्ट्सम्यान अफ दि इयर’ अवार्ड जिते । सन् २०२० मा नाडालले फ्रेन्च ओपन जित्दै सर्वाधिक धेरै ग्राण्डस्लाम विजेता रोजर फेडेररको कीर्तिमानीसँग बराबरी गरेका थिए ।

ओसाका ‘वल्ड स्पोर्ट्स वुमन अफ दि इयर’ घोषित भईन । ओसाकाले गत वर्ष युएस ओपन जितेकी थिइन् । यस्तै जर्मन क्लब बायर्न म्युनिखले ‘वल्ड टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ । स्पोर्टिङ इन्स्पिरेसन अवार्ड लिभरपुलका मोहमद सलाहले जिते । एथ्लेट एड्भोकेट अफ डी इयर अवार्ड लुइस ह्यामिल्टनले प्राप्त गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0