डी मारियाको गोलमा उरुग्वेमाथि अर्जेन्टिनाको कठिन जित

फुटबल

काठमाडौं । एन्जेल डी मारियाको गोलमा अर्जेन्टिनाले शनिबार बिहान विश्वकप छनोट प्रतियोगितामा उरुग्वेलाई १–० ले हराएको छ । जितसँगै अर्जेन्टिना विश्वकप छनोटको नजिक पुगेको छ।

भ्रमणकारी अर्जेन्टिनाका लागि डी मारियाले सातौं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । डी मारियाले पाउलो डिबालाको पासलाई पोष्टको दिशा दिएका थिए । पूर्ण फिट नभएका अर्जेन्टिनाका नियमित कप्तान लियोनल मेसी बेन्चमा थिए । उनी ७६औं मिनेटमा जियोभानी लो सेल्सोको स्थानमा मैदान छिरेका थिए ।

यो जितसँगै अर्जेन्टिना १२ खेलमा २८ अंक जोडेर दोस्रो स्थानमा कायम रहँदा पराजित उरुग्वे १३ खेलबाट १६ अंकका साथ छैटौं स्थानमा छ । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटबाट चार टिमले प्रवेश पाउनेछन्। जसमध्ये ब्राजिल छनोट भइसकेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0