केनको ह्याट्रिकमा इंग्ल्याण्डको शानदार जित

फुटबल

काठमाडौं । ह्यारी केनको ह्याट्रिकमा इंग्ल्यान्डले फिफा विश्वकपको युरोपियन छनोटमा सानदार जित निकालेको छ। शुक्रबार राति बेम्बले मैदानमा भएको खेलमा इंग्ल्याण्ड ५–० गोल अन्तरले विजयी भएको छ ।

वेम्बली स्टेडियमा इङ्ग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले ह्याट्रिक पुरा गर्दा जोर्डन हेन्डरसन र ह्यारी मग्वाएरले १–१ गोल गरे । खेलको नवौँ मिनेटमा ह्यारी मग्वायरले घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि केनले १८, ३३ र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आफ्नो ह्याटिक पुरा गरे । सन् २०२१ मा केनले इंग्ल्याण्डका लागि १२ गोल गरेका छन् । यसबीच जोर्डन हेन्डरसनले पनि एक गोल थपेका थिए ।

केनले प्रतिस्पर्धात्मक खेलमा वेन रुनीको ३७ गोलको कीर्तिमान पनि तोडेका छन् । दोस्रो हाफमा पाहुना टोलीले सुधारिइएको प्रदर्शन गर्दा इङ्ल्याण्डले थप गोल गर्न सकेन। जितसँगै इङ्ल्यान्ड कतार विश्वकप नजिक पुगेको छ । इङ्ल्यान्डले अब समूहको अन्तिम खेलमा सन मारिनोविरुद्ध बराबरी गरेमात्र पुग्छ । इङ्ल्यान्डले अब सोमबार सन मारिनोको भ्रमण गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0