५ वर्षपछि पुनः बार्सिलोना फर्किँदै ड्यानी आल्भेस

फुटबल

काठमाडौं । क्लब छाडेको ५ वर्षपछि ब्राजिलका भेटरान डिफेन्डर ड्यानी आल्भेस पुनः बार्सिलोना फर्कने भएका छन् । क्लबले ३८ वर्षीय खेलाडीलाई भित्र्याउन सैद्धान्तिक सहमति गरिसकेको बताएको हो ।

बार्सिलोना, युभेन्टस र पेरिस सेन्ट जर्मेनसँग ९ वटा लिग उपाधि जितेका आल्भेस सन् २०२१–२२ सिजनका बाँकी समयका लागि क्लबसँग आबद्ध हुनेछन् । ब्राजिलियन खेलाडीले सन् २००८ देखि २०१६ सम्म ८ वर्ष बार्सिलोनामा बिताउँदै ६ वटा लिग उपाधि जितेका थिए । यसक्रममा उनले तीनवटा च्याम्पियन्स लिग र चारपटक कोपा डेल रेको उपाधि पनि जितेका छन् । उनले बार्सिलोनाबाट कूल २३ उपाधि जित्न सफल भएका थिए ।

त्यस्तै, युभेसँग सिरिए ए र पीएसजीसँग लिग वानको उपाधि पनि उनले जिते । सन् २०१९ मा ब्राजिल फर्किँदै साउ पाउलो पुगेका आल्भेसले सन् २०२० को ओलम्पिकमा देशको नेतृत्व गर्दै स्वर्ण पदक दिलाएका थिए । तलबको विषयमा कुरा नमिलेपछि साउ पाउलोसँग उनको करार सेप्टेम्बरमा रद्द भएको थियो ।

बार्सिलोनाले आल्भेसको पुनरागमनको जानकारी दिँदै उनलाई बार्सिलोनाको इतिहासकै सबैभन्दा महान् राइट ब्याक भएको जिकिर गरेको छ । ब्राजिलियन खेलाडी आगामी हप्ताबाट बार्सासँग प्रशिक्षणमा जुट्नेछन् । तर जनवरीबाट मात्र खेल्न पाउनेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0