नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान

क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतार प्रस्थान गरेका छन् । कतारसँग टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोली आज बिहान कतार प्रस्थान गरेका हुन् ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा रहेको नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने छन् ।

छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् । नेपाली टिम हालै बंगलादेशमा तयारी सकेर स्वदेश फर्किएको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0