फराकिलो जित निकाल्दै फ्रान्स विश्वकपमा छनोट, एम्बाप्पेले गरे ४ गोल

फुटबल

काठमाडौं, २८ कात्तिक । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा फ्रान्स छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा कजाकिस्तानलाई ८–० ले हराउँदै फ्रान्सले विश्वकपमा छनोट भएको हो ।

खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाए । १२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

साथै, ३२ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा खेल ३–०को स्थितिमा पुगेको थियो । फ्रान्सका लागि एमबाप्पेको यो पहिलो ह्याट्रिक हो ।
यस्तै, ५५ औं र ५९ औं मिनेटमा बेन्जिमाले लगातार दुई गोल गर्दा खेल ५–० अवस्थामा पुग्यो ।

खेलको ७५ औं मिनेटमा एड्रिन रोबिटले, ८४ औं मिनेटमा एन्टोनी ग्रीजम्यानले साथै, ८७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत चौंथो गोल गर्दै फ्रान्सलाई ८–० को शानदार जित दिलाए । यस जितसँगै समूह ‘डी’ को फ्रान्सले ७ खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने कजाकिस्तान ३ अंकका साथ पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0