टी-२० विश्वकपको उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै, कसले जित्ला त ?

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : आइसीसी टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र अस्ट्रेलिया आमने सामने हुँदै छन्। खेल नेपाली समय अनुसार राति पौने आठ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

न्युजिल्याण्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ भने अस्ट्रेलियाले दोस्रो पटक फाइनल खेल्न लागेको हो। अस्ट्रेलिया यसअघि २०१० मा वेस्टइन्डिजमा आयोजित टी–२० विश्वकपको फाइनलमा इङल्याण्डसँग पराजित भएको थियो।

समूह ‘बी’ को विजेता पाकिस्तानलाई सेमिफाइनलमा हराएर फाइनल प्रवेश गरेको अस्ट्रेलिया समूह ‘ए’ को उपविजेता थियो। यता न्युजिल्यान्ड भने समुहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। सेमिफाइनलमा इङ्ग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्डले फाइनलको यात्रा तय गरेको हो।

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले उपाधि लक्ष्यमा अब एक कदम पछि रहेको प्रतिक्रिया दिएका छन्। सन् २०१९ को विश्वकप उपविजेता र विश्व टेस्ट च्याम्पियनसिपको विजेता न्युजिल्यान्ड पहिलो पटक विश्वकप जितेर इतिहास बनाउन तयार गरेको कप्तान केन विलियमसनले बताएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0