अष्ट्रेलियालाई पहिलो पटक बिश्वकप जित्न १७३ रन आवश्यक

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले टी–२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको हो ।

जिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५, मार्टिन गुप्टिल २८, ग्लेन फिलिप्सले १८ रन बनाए। व्यक्तिगत २१ रनमा जिवनदान पाएका विलियमसनले ४८ बलमा तीन छक्का र १० चौका प्रहार गरे। त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए । ​

अष्ट्रेलियाका जोश हाजलेउडले तीन विकेट लिँदा एडम जम्पाले एक विकेट लिए । यी दुवै टोलीले हालसम्म टीट्वेन्टी विश्वकपको उपाधि जितेका छैनन्। सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई तथा न्युजिल्यान्डले इङ्ल्यान्डलाई समान ५ विकेटले हराएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0