नेपालले नोभेम्बरमा महिला टी-२० विश्वकप छनोट खेल्ने

समाचार

काठमाडाैं : नेपालले खेल्ने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट आगमी नोभेम्बरमा हुने भएको छ। विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सार्वजनिक गरेको क्षेत्रीय छनोटको नयाँ मितिअनुसार एसिया छनोट नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ ।

यसअघि सेप्टेम्बर २० देखि २६ सम्म हुने भनिएको उक्त प्रतियोगिता विश्वव्यापी महामारीकाे रुपमा फैलिएकाे कोरोना कारण सरेको थियाे। यो छनोटमा नेपालसहित आयोजक मलेसिया, भुटान चीन, हङकङ, म्यानमार, कुवेत र युएई छन् ।

एसिया छनोटको विजेताले पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको लागि स्थान बनाउने छन्।

 

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *