न्युजिल्यान्डलाई हराउँदै अष्ट्रेलिया पहिलाे पटक बन्याे टी २० विश्वकप च्याम्पियन

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं : अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार दुबईमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी-२० विश्वकपको नयाँ विजेता बनेको हो।

न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य १८.५ ओभरमा पछ्याउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । अष्ट्रेलियाको सुरुवात आजको खेलमा खासै राम्रो थिएन । एरोन फिन्च पाँच रन मात्र बनाएर पेभेलियन फर्किएका थिए । तर, त्यसपछि आएका मिसेल मार्स र ओपनर डेभिड वार्नर मिलेर दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे ।

मिचेल मार्सले नटआउट ७७ रन जोड्ने क्रममा ५० बल खेलेर ६ चौका र ४ छक्का प्रहार गरे। ग्लेन म्याक्सवेलले नटआउट २८ रन जोडे। म्याक्सवेलले १८ बलमा ४ चौका र १ छक्का हिर्काए । ओपनर डेभिड वार्नरले पनि अर्धशतक प्रहार गरे। उनले ५३ रनको योगदान दिए। वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का हिर्काए। न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४ विकेटको क्षतिमा १७२ बनाएको थियो । न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान दिए। उनले ४८ बलमा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै, मार्टिन गप्टिलले २८ रन जोडे। अस्ट्रेलियाका जोश हाजलेउडले तीन विकेट लिँदा एडम जम्पाले एक विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0