पोर्चुगललाई उसकै घरमा हराउँदै सर्बिया बिश्वकपको लागि छनोट

फुटबल

काठमाडौं : पोर्चुगललाई हराउँदै सर्बिया आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ। सर्वियासँग पराजित भएसँगै पोर्चुगललेविश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने भएको हो। पोर्चुगललाई सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त थियो।

आइतबार राति भएको खेलमा सर्बियाले पोर्चुगललाई उसैको घरेलु मैदानमा २–१ गोलले हराएको हो । पोर्चुगलको घरेलु मैदानमा रेनाटो सान्चेजले खेलको दोस्रो मिनेटमै गोल गर्दै सुरूवाती अग्रता बनाएका थिए । तर सर्बियाले खेलमा उत्कृष्ठ पुनरागमन गर्‍यो। डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरे । बराबरीतर्फ अग्रसर खेलको ९० औँ मिनेटमा मिट्रोभिचले गोल गर्दै पोर्चुगलको सपना चकनाचुर पारे ।

जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो । पोर्चुगलले १७ अंक जोड्यो। यो समूहमा आयरल्यान्ड र लक्जेमवर्गले समान ९ अंक जोड्दा अजरवैजान १ अंक जोडेर पुछारमा रह्यो। यही समूहको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई ३–० ले पराजित गरेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0