स्विडेनलाई हराउँदै स्पेन विश्वकपमा छनाेट

फुटबल

काठमाडौं : स्विडेनलाई पराजित गर्दै स्पेन सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ। आइतबार राति स्विडेनलाई १-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली स्पेनले विश्वकपमा स्थान सुरक्षित गरेको हो।

स्टाडियो डि ला कार्टुजामा खेलको ८६औं मिनेटमा डानियल ओल्मोको पासलाई सदुपयोग गर्दै अल्भारो मोराटाले गरेको एक मात्र गोल स्पेनलाई विश्वकपमा छनोट गराउन पर्याप्त बन्यो । यससँगै स्पेन लगातार १२ औं पटक विश्वकपमा छनोट भएको हो। पराजित स्विडेनको समेत प्लेअफमार्फत विश्वकपमा छनोट हुने सम्भावना जीवित छ।

यो जितसँगै स्पेन ८ खेलबाट १९ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहँदा स्वीडेन १५ अंकका साथ दोस्रो स्थानमा रहेकाे छ । यही समूहको अर्को खेलमा ग्रीस र कोसोभोले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0