रसियालाई पन्छाउँदै क्रोएसिया विश्वकपमा छनोट

फुटबल

काठमाडौं : रसियालाई हराउँदै क्रोएसियाल आगामी वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। युरोपियन छनोट अन्तर्गत आइतबार राति रुसलाई १–० गोलले हराउँदै क्रोएसिया छनोट भएको हो। रसियाले भने प्ले अफ खेल्नु पर्ने भएको छ ।

घरेलु मैदानमा सम्पन्न खेलमा ८१औं फेडोर कुद्रेसहोभले गरेको आत्मघाती गोल नै क्रोएसियालाई विश्वकपमा छनोट गराउन पर्याप्त बन्यो । विश्वकपमा सोझै छनोट हुन क्रोएसियालाई जित आवश्यक थियो। रसियालाई बराबरी नै पर्याप्त रहे पनि त्यो नतिजा आत्मसात गर्न सकेन।

समूहको शीर्ष स्थानमा रहेको क्रोएसियाले १० खेलमा २३ अंक जोडको छ। दोस्रो स्थानको रुसको समान १० खेलबाट २२ अंक रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0