टेस्ट च्याम्पियनशिप फाइनल र इङ्ल्याण्डबिरुद्ध खेल्ने भारतिय टिमको घोषणा

क्रिकेट

नयाँ दिल्ली : पहिलो आईसीसी टेस्ट च्याम्पियनशिप फाइनल र इङ्ल्याण्ड बिरूद्धको टेस्ट सीरीजको लागि भारतिय टोली चयन गरिएको छ। चयनकर्ताहरूले १६ सदस्यको नाम घोषणा गरेका छन्। यसका साथै विकेटकीपर वृद्धिमान साहा र केएल राहुल फिटनेस टेस्ट पास गरेपछि टिममा स्थान पाउने छन्। वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनल भारत र न्यूजील्यान्डको बीच साउथेम्प्टनमा १८ देखि २२ जुन सम्म हुनेछ ।

इन्डियन प्रिमियर लिगको १४औं सत्र स्थगित भएपछि भारतीय टीमका फ्यानहरूको ध्यान अहिले इङ्ल्याण्ड टुरमा छ। अर्को महिना, भारतीय टीम आईसीसीको पहिलो टेस्ट च्याम्पियनशिप फाइनल खेल्न इङ्ल्याण्ड प्रस्थान गर्नेछ। यहाँ उनले उपाधि जित्न न्यूजील्याण्डको टीमसँग प्रतिस्पर्धा गर्नेछ। यस भ्रमणमा टिममा शानदार फर्ममा रहेका ओपनर पृथ्वी शॉ र हार्दिक पांड्याको नाम समावेश छैन ।

इङ्ल्याण्ड भ्रमणका लागि भारतीय टीम

विराट कोहली (कप्तान), अजिंक्य रहाणे, रोहित शर्मा, शुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, हनुमा विहारी, ऋषभ पन्त (विकेटकीपर), आर अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, इशांत शर्मा, मोहम्मद शमी , मोहम्मद सिराज, शार्दुल ठाकुर, उमेश यादव

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *