दुबईबाट ८ करोडको घडी ल्याउँदा फसे हार्दिक पाण्ड्या

क्रिकेट

काठमाडौं : भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको दुई वटा घडी भारतको भन्सार विभागले जफत गरेको छ । भन्सार विभागका अनुसार हार्दिकसँग यो घडीको बिल थिएन र यी घडीलाई उनले आफ्नो सामानको सूचीमा समावेश पनि गरेका थिए ।

ती दुई घडीको मुल्य पाँच करोड भारतीय रुपैयाँ रहेको जनाइएको छ । न्युज एजेन्सी एएनआईका अनुसार क्रिकेटर पाण्डेय​सँग ती घडी खरिद गरेको सही रसिद नभएपछि विभागले जफत गरेको हो ।

आइसीसी टी–२० विश्वकपबाट बाहिरिएपछि भारतीय टिम स्वदेश फर्किएको छ । हार्दिक पाण्ड्या पनि आइतबार अबेृर राती टिमसहित नै फर्किएका थिए तर भन्सार विभागले उनलाई रोक्यो र उनका दुईवटा घडी जफत गर्यो । भारतीय सञ्चार माध्यमका अनुसार जफत गरिएका दुबै घडीको मूल्य ५ करोड भारु थियो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0