टिम साउदी बने न्युजिल्यान्डको नयाँ, केन विलियम्सनले भारतबिरुद्ध नखेल्ने

क्रिकेट

काठमाडौं । १७ नोभेम्बरदेखि सुरु हुने भारतविरुद्धकोे टी२० सिरिजमा न्युजिल्यान्डले टिम साउदीको कप्तानीमा टिम उतार्ने भएको छ । टिमका नियमित कप्तान केन विलियम्सन यस सिरिजमा सहभागी हुनेछैनन् । उनले टेस्ट शृंखलामा ध्यान केन्द्रीत गर्ने भन्दै यस शृंखला नखेल्ने निर्णय लिएका हुन् ।

दुई टिमबीचको टेस्ट शृंखला २५ नोभेम्बरदेखि सुरु हुनेछ । यो शृंखला विश्व टेस्ट च्याम्पियनसिपकै फाइनलको हिस्सा हुनेछ । केन विलियम्सनले टी२० विश्वकपको फाइनलमा तिव्र गतिमा ब्याटिङ गर्दै सबैको दिल जितेका थिए । उनले ८५ रनको धमाकेदार पारी खेलेका थिए । तर, यसका बाबजुद पनि अस्टे«लियासँग न्युजिल्यान्ड ८ विकेटले पराजित भयो ।

विश्वकपको फाइनलमा पराजित भएको न्युजिल्यान्डले अब टी२० फम्र्याटमा जयपुरमा भारतको सामना गर्दैछ । दुई टिमले अहिलेसम्म कुल १७ वटा टी२० खेल खेलेका छन् । यसमध्ये भारतले ६ र न्युजिल्यान्डले ९ खेल जितेका छन् । दुई खेल बराबरीमै टुंगिएको छ ।

टी२० विश्वकपको समूह चरणमा पनि न्युजिल्यान्डले भारतलाई हराएको थियो । भारतीय भूमीमा खेलिएका दुई टिमबीचका ५ खेलमा पनि न्युजिल्यान्डकै रेकर्ड राम्रो छ । भारतीय भूमीमा न्युजिल्यान्डले ३ र भारतले २ म्याच जितेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0