बाबर आजमको कप्तानीमा बंगलादेश टुरका लागि पाकिस्तानको टेस्ट टिम घोषणा

क्रिकेट

एजेन्सी : पाकिस्तानले बंगलादेश टुरका लागि टेस्ट टिमको घोषणा गरेको छ । यसका लागि छनोटकर्ताहरुले बाबर आजमको कप्तानीमा २० सदस्यी टिम घोषणा गरेका हुन् । दुई टेस्ट म्याच आगामी नोभेम्बर २६ बाल चटगाँउमा सुरू हुनेछ।

ओपनर इमाम उल हक र अफ स्पिनर बिलाल आसिफ पनि टिममा परेका छन्। इमरान बट, हारिस रउफ, शाहनवाज धानी र यासिर शाहलाई आराम दिइएको छ। दुई टेस्ट म्याच आगामी नोभेम्बर २६ बाल चटगाँउमा सुरू हुनेछ।

टेस्ट सिरिजअघि पाकिस्तान र बंगलादेशबीच टी-ट्वान्टी सिरिज हुनेछ। तीन खेलको टी-ट्वान्टी सिरिज ढाकामा शुक्रबारबाट सुरू हुनेछ।

पाकिस्तानको टेस्ट टीम : बाबर आजम, (कप्तान), मोहम्मद रिजवान (उप कप्तान), अब्दुल्ला शफिक, आबिद अली, अजहर अली, बिलाल आसिफ, फहिम अशरफ, फवाद आलम, हसन अली, इमाम उल हक, कामरान गुलाम, मोहम्मद अब्बास, मोहम्मद नवाज, नसीम शाह, नौमान अली, साजिद खान, सरफराज अहमद, सउद शकील, शाहीन शाह अफ्रिदी, जाहिद मोहम्मद।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0