नर्वेलाई हराउँदै २-१ गोलले नेदल्याण्ड विश्वकपमा

फुटबल

काठमाडौं : नर्वेलाई हराउँदै नेदरल्याण्डले सन् २०२२ मा कतारमा हुने विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । पराजयसँगै नर्वेले भने प्रतियोगितामा खेल्न नपाउने भएको छ । समूह जी मा टर्की दोस्रो हुँदै प्लेअफमा छनोट भएको हो ।

खेलको अन्त्यतिर स्टिभन बर्गविन र बार्सिलोनाका फरवार्ड मेम्फिड डिपायले गोल गर्दै नेदरल्याण्डलाई समूहको शीर्ष स्थानमा कायम राखे । नेदरल्याण्डका लागि भने पराजय निकै भारी पर्‍यो । स्टार स्ट्राइकर अर्लिङ ब्राउट हालान्डको अनुपस्थितिले पनि नर्वेलाई ठूलो घाटा भयो ।

उता, टर्कीले मोन्टीनेग्रोलाई २-१ गोलले हराउँदै समूहको दोस्रो स्थानमा रहन सफल भयो । उता, बेल्जियमबिरुद्ध १-१ को बराबरी खेल्दै वेल्सले घरेलु मैदानमा प्लेअफ सुनिश्चित गरेको छ । विश्व नम्बर १ टोलीलाई केभिन डि ब्रुयनाले खेलको १२ औँ मिनेटमा अग्रता दिलाएका थिए ।

तर ३२ औँ मिनेटमा केइफर मुरले बराबरी गोल फर्काका थिए । खेलको अन्त्यतिर वेल्सका नेको विलियम्सको प्रहारलाई बेल्जियमका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । समूह ईमा बेल्जियम शीर्ष स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0