मेसिले खेलेपनि विश्वकप छनोटमा बराबरीमा रोकिए अर्जेन्टिना र ब्राजिल

फुटबल

काठमाडौं, मंसिर १ : फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेल्दै अंक बाडेका छन् । बुधबार बिहान सम्पन्न ब्राजिल र अर्जेन्टिनाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।

अर्जेन्टिनाको घरेलु मैदानमा दुबै टोलीले पाएको केही राम्रा मौकालाई सदुपयोग गर्न सकेनन्। आज अर्जेन्टिनाविरूद्ध ब्राजिल नेयमार बिनै मैदानमा उत्रिएको थियो। खुट्टामा चोट बोकेका नेइमार अझै केही समय मैदान बाहिरै रहनेछन्।

यो नतिजासँगै शीर्ष स्थानको ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दा अर्जेन्टिना समान खेलबाट २९ अंकका साथ दोस्रो स्थानमा कायम छ । समूहको दोस्रो स्थानमा रहेको अर्जेन्टाको विश्वकपमा छनोट हुने सम्भावना बलियो छ।

ब्राजिल यसअघिनै विश्वकपमा छनोट भइसके पछि अब यो क्षेत्रबाट बाँकी ३ टोली छनोट हुन बाँकी छ। दक्षिण अमेरिकी क्षेत्रबाट शिर्ष ४ टिम विश्वकपमा छनौट हुन्छन भने पाँचौ स्थनमा रहेको टिमले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्नु पर्ने हुन्छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0