फेरि चम्किए बेन्जिमाले र एमबाप्पे ! फिनल्याण्डको विश्वकप खेल्ने सपना चकनाचुर

फुटबल

काठमाडौं, मंसिर १ : फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलका लागि छनोट भएको छ । फिफा विश्वकपमा युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको आफ्नो अन्तिम खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले हराएको हो।

फ्रान्सको जितमा करिम बेन्जिमाले र केलियन एमबाप्पेले एक एक गोल गरेका थिए । ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा एमबाप्पेले गोल गरेपछि फ्रान्सले सहज जित हात पारेको हो ।

यो हारसँगै फिनल्याण्डको विश्वकप पुग्नका लागि प्ले अफ खेल्ने सपना टुंगिएको छ। समूह ‘डी’ मा रहेको फिनल्याण्ड ११ अंक जोडेर तेस्रो स्थानमा रह्यो। शीर्ष स्थानमा रहेको फ्रान्स अपराजित रहँदै १८ अंक जोडेको छ। फ्रान्स यसअघि नै कतारमा आगामी वर्ष हुने फिफा विश्वकपमा छनोट भइसकेको छ। यही समूहको अर्को खेलमा युक्रेनले बोस्निया एन्ड हर्जगोभिनियालाई २–० ले पराजित गर्‍यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0