बोलिभियासँग पराजित भएसँगै उरूग्वेको विश्वकपमा छनोट हुने सम्भावना कमजोर

फुटबल

काठमाडौं : फिफा विश्वकप छनोटमा उरुग्वे बोलिभियासँग पराजित भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वेलाई बोलिभियाले ३-० गोलले पराजित गरेको हो ।

१० खेलाडीमा सिमित बोलिभियालाई जित दिलाउन जुवान कार्लोसले दुई गोल तथा मार्सेलो मोरेनोले एक गोल गरे। बोलिभियासँग पराजित भएपछि सिधै विश्वकपमा छनोट हुने सम्भावना उरुग्वेका लागि कमजोर बनेको छ ।

उरुग्वे १४ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेको छ भने बोलिभिया १५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको अर्को खेलमा पेरुले भेनेजुएलालाई २-१ ले हराउँदा कोलम्बिया र पाराग्वेले गोलरहित बराबरी खेलेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0