घरेलु मैदानमा लेस्टर न्यु क्यासल युनाइटेडसँग पराजित

फुटबल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गयराति भएको खेलमा तेस्रो स्थानको लेस्टर सिटी न्यु क्यासल युनाइटेडसँग पराजित भएको छ । उपाधि होडबाट बाहिरिइसकेको लेस्टर युनाइटेडसँग ४-२ गोल अन्तरमा पराजित भए पनि अंक तालिकाको तेस्रो स्थानमा यथावत छ।

लेस्टरको मैदानमा पाहुना टोली न्यु क्यासलका कलुम विलसनले २ तथा जोसेफ विलओक र पौल डुमेटले १–१ गोल गरे । न्युक्यासलले खेलको २२ मिनेटमै विलकको गोलमा अग्रता बनाएको थियो। खेलको ३४औं मिनेटमा डुमेटले गोल गर्दै खेल २–० को स्थितिमा पुर्‍याए।

त्यसपछि, दोस्रो हाफमा न्युकासलका लागि कलुम विलसनले २ गोल गरे। उनले ६४औँ र ७३औँ मिनेटमा लगातार २ गोल गरेपछि न्युकासलले ४–० गोल अन्तरको सानदार अग्रता लिन सफल भयो ।

खेलको ७३ औं मिनेटसम्म ४ गोलले पछि परेको लेस्टरका लागि मार्स अलब्रिटनमा र केलिची इनह्यान्चाले १–१ गो फर्काए । यो नतिजासँगै लेस्टर ६३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने न्यु क्यासल ३९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0