रोनाल्डोलाई पछि पार्दै मेसीले जिते गोल ५० अवार्ड

फुटबल

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेसीलाई गोल ५० को अवार्ड जितेका छन्। मेसीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सो अवार्ड जितेका हुन्।

भोटिङको अन्तिम दिनसम्म रोनाल्डो अघि रहेपछि २४ घन्टाको नतिजामा मेसीले रोनाल्डोलाई थोरै मत अन्तरले पछि पारेको हुन्। यो सँगै मेसीले रोनाल्डोको कीर्तिमानलाई बराबरी गरेका छन्। रोनाल्डो र मेसीले समान ५–५ पटक यो अवार्ड जितेका छन्।

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले तेस्रो तथा इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाहले चौथो स्थान हासिल गरे। फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे पाँचौ स्थानमा अटाए।

महिलातर्फ बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारिन्। इरेनी पारेडेस दोस्रो तथा एसिसाट ओसोएला तेस्रो स्थानमा रहिन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1