‘ए’ डिभिजन लिग आजदेखि सुरु, पहिलो खेलमा फ्रेन्ड्स र सातदोबाटो खेल्दै

‘ए’ डिभिजन लिग फुटबल

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । आज अपराह्न दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर डर्बी अर्थात् फ्रेण्ड्स र नवप्रवेशी सातदोवाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो युथ क्लबले पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको हो । फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ‘ए’ डिभिजन लिग खेल्दै आएको छ । दुवै क्लबले पहिलो खेलको लागि आफू तयार रहेको बताएका छन् ।

फागुनको दोस्रो सातासम्म चल्ने लिगमा सहभागी १४ क्लबले उपाधिमाथि दाबेदारी दिनेछन् । लिगको उद्घाटन खेल फ्लर्ड लाइटमा हुनेछ । यस पटकको लिगको पुछारमा रहने दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । लिगको अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख रुपैंया पुरस्कार पाउनेछ ।

यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुने टिमले २५ लाख पाउने छ । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५/२५ हजार रुपैंया पाउने छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0