नेपाली राष्ट्रिय महिला टोलीले भारतमा चार देशीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

फुटबल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले डिसेम्बरको दोस्रो साता भारतमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने पक्का भएको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टोलीले भारतमा चारदेशीय फुटबल खेल्ने पक्का भएको जनाएको हो ।

प्रतियोगिता आउँदो डिसेम्बर ९ देखि २१ तारिखसम्म हुनेछ । महिला फुटबल समितिका प्रमु्ख पेमा डोल्मा लामाले चार देशको सहभगिता हुने भनिए पनि सबै देशको टुंगो नलागेको बताइन् । उनले भनिन, “थाइल्यान्ड र अर्को अरबियन देशको सहभागिता हुने भनिएको छ । तर, कुनै टुंगो लागेको छ ।”

भारतले एसिया कप प्रतियोगिताको तयारीस्वरूप चारदेशीय फुटबल प्रतियोगिता गर्न लागेको हो । नेपाली राष्ट्रिय महिला टोलीले पछिल्लोपटक एएफसी महिला एसियन कप छनोट प्रतियोगिता खेलेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0