डिभिलर्सले लिए आईपिएल लगायतका सबै क्रिकेटबाट सन्याय

क्रिकेट

काठमाडौं । विश्व क्रिकेटका सर्वकालिन महानमध्ये एक दक्षिण अफ्रिकन लेजेण्ड एबी डे भिलियर्सले सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षीय डे भिलियर्सले १७ वर्षे करियर टुङ्याउँदै ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् ।

‘यो मेरालागि अविश्वसनीय यात्रा रह्यो, तर, मैले क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरा दाजु-भाइसँग घर पछाडिदेखि मैले पवित्र क्रिकेटको वातावरण र अन्यन्त उत्साहित उत्साहको माझमा मैले खेलेँ । तर, अहिले ३७ वर्षको उमेरमा त्यो ऊर्जा बाँकी छैन ।’

सन् २०१८ यता राष्ट्रिय टोलीमा नरहेका डे भिलियर्सले यसबीचमा व्यावसायिक क्रिकेट भने खेलिरहेका थिए। ३७ वर्षीय यी क्रिकेटरले रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग-आईपीएल खेल्दै आएका थिए। डे भिलियर्सले दक्षिण अफ्रिकालाई सबै तीन स्वरुपको क्रिकेटमा कप्तानी गरेका थिए। मैदानका सबै दिशामा बल प्रहार गर्न सक्ने क्षमताका कारण उनी ‘मिस्टर ३६०’ उपनामले समेत परिचित छन्।

भिलियर्सले टेस्ट क्रिकेटमा एक सय १४ खेल खेल्दै २२ शतक र ४६ अर्धशतकसहित ८ हजार ७ सय ६५ रन बनाएका छन्। यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय २८ खेल खेलेकामा २५ शतक र ५३ अर्धशतकसहित ९ हजार ५ सय ७७ रन बनाएका छन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ७८ खेल खेल्दै १० पटक अर्धशतक बनाएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0