नेपाली टोलीका कप्तान किरणले माल्दिभ्सको लिग खेल्ने

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् । चेम्जोङले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका हुन् । त्यसका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकाछन् । किरणले यसअघि भारतको आई लिग क्लब पन्जाब एफसीबाट खेल्दै आएको थिए ।

पन्जाब एफसीसँगको सम्झौता समाप्त भएपछि किरणले माल्दिभ्सको माझिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबसँग अनुबन्ध भएका हुन् । नेपालमा शीर्ष श्रेणीको ‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदा किरण भने माल्दिभ्स लागेका हुन् ।

उनले यसअघि माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबबाट पनि खेलेका थिए । २०१८/१९ को सिजनमा टिसी स्पोर्टसबाट खेल्दा किरणले लिगको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए । स्पोर्ट्स एण्ड रिक्रिएसन क्लब किरणका लागि माल्दिभ्सको दोस्रो क्लब हो ।

किरणले नेपालमा गत जेठमा सम्पन्न नेपाल सुपर लिगमा धनगढी एफसी क्लबबाट खेलेका थिए । धनगढी सुपर लिगमा दोस्रो भएको थियो । किरणले नेपालबाट मच्छिन्द्र, थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेलेका थिए ।

किरणकै कप्तानीमा नेपालले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल खेलेको थियो । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0