विराट र अनुष्काले कोभिड-१९ राहत कोषका लागि दिए २ करोड

समाचार

एजेन्सी : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले भारतको कोभिड-१९ राहत कोषका लागि २ करोड भारू सहयोग गरेका छन्। यस्तै उनीहरुले क्राउड फन्डिङ प्लेटफर्म केटो मार्फत् सहयोग रकम संकलन गर्ने अभियान सुरु गरेका छन्।

अहिले भारतको अवस्था कठिन भएको बताउँदै राहत कोषका लागि सहयोग गरेको दुवैले भिडिओ पोस्ट गर्दै जनाएका छन्। यो अभियानबाट कम्तीमा पनि ७ करोड भारतीय रुपैयाँ उठाउने उनीहरुको लक्ष्य छ ।

‘हामीले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर रकम जुटाउन सुरू गरेका छौं,’ उनले भनेका छन्,’हामी सबैलाई यस पहलमा सामेल हुन र अनुदान दिन आग्रह गर्दछौं।’ विराट अनुष्काले आफ्नो सोसल मिडिया पोष्ट गरेको एउटा भिडिओमा भनेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *