अचानक टिम पेनले कप्तानिबाट राजिनामा दिएपछि क्रिकेट जगत तरंगित

क्रिकेट

काठमाडौँ । अस्ट्रेलिया क्रिकेटका टेस्ट टिमका कप्तान टिम पेनले राजीनामा दिएका छन् । चार बर्षअघि महिला क्रिकेटरसँगको च्याट बाहिरिएपछि कप्तान पेनले राजीनामा दिएका हुन् ।

चार बर्षअघि २०१७ मा टिम पेनले पहिला खेलाडीलाई पठाएको सन्देश त्यति बेलापनि विवादित भएको थियो । तर क्रिकेट अस्ट्रेलियाले छानबिन गरि टिम पाने दोषी नभएको बताएको थियो ।

तर अहिले सामाजिक संजालमा पेनको त्यो च्याट बाहिरिएपछि उनले कप्तानबाट राजीनामा दिएका छन् । उनले टेस्ट टिममा खेलाडीको रुपमा भने छनौटका लागि उपलब्ध हुने बताएका छन् ।

उनले आफुले सो च्याट बाहिरिएपछि परिवार र साथीहरुको सल्लाहमा कप्तानी छोड्ने निर्णय गरेको बताएका छन् । पेनले सो च्याटका बारेमा क्रिकेट फ्यानहरुसँग माफी समेत मागेका छन् ।

अस्ट्रेलियाले चर्चित एसेज सिरिज खेल्नु केहि साता अघि मात्र कप्तानको राजीनामापछि अस्ट्रेलिया टिममा नयाँ संकट उत्पन्न भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0