सेफिल्ड युनाइटेडलाई लिभरपुलले २–० ले हरायाे

फुटबल

एजेन्सी । जारी इंगलिस प्रिमियर लिगमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकालेको छ । लिभरपुललाई निरन्तर जित दिलाउन साडियो माने र मोहम्मद सलाहाले एक-एक गोल गरे ।

मोहमद सलाहाले चौथो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । साडियो मानेले ६४ औ मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

यससँगै लिभरपुल अपराजित रहँदै वर्षभरि लिग तालिकाको शीर्ष स्थानमा रह्यो । शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ । उसले लिगमा १३ अंकको अग्रता लिएको छ । दोस्रो स्थानको लेस्टरको ४५ र तेस्रो स्थानको म्यान्चेष्टर सिटीको ४४ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *