म्यानचेस्टर युनाइटेडको शर्मनाक हार

फुटबल

एजेन्सी : इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेड वाट्फोर्डसँग पराजित भएको छ।युनाइटेडले घरेलु टोली वाट्फोर्डसँग ४–१ को हार बेहोरेको हो। घरेलु टोलीलाई जिताउन जोसुआ किङ, इस्माइला सार, जोओ पेड्रो र इमानुएल डेनिसले गोल गरेका थिए। युनाइटेडका डोनी भान डि विकले सान्तवना गोल फर्काएका थिए।

खेलको २८औं मिनेटमा जोसुआ किङले इमानुएल डेनिसको पासमा गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाएका थिए। खेलको ४४ औं मिनेटमा इस्माइला सारले गोल गर्दै वाट्फोर्डलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। दोस्रो हाफको सुरूमै क्रिस्टियानो रोनाल्डोको पासमा डोनी भान डि विकले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिए।

तर, ६९ औं मिनेटमा ह्यारी मग्वायरले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा वट्फोर्डले दुई गोल थपे ९२औं मिनेटमा जोओ पेड्रोले गोल गर्दै वड्फोर्डलाई ३-१ले अघि बढाए । ९६औं मिनेटमा इमानुएल डेनिसले गोल वट्फोर्डलाई सानदार जित दिलाए । जितसँगै वाट्फोर्ड १२ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ। पराजित युनाइटेड १७ अंक जोडेर सातौं स्थानमा रहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0